महिलामैत्री सञ्चार नीतिको खाँचो
पाेखरा | भदौ ५, २०७९
कास्की । सञ्चारक्षेत्रमा महिलाको सहभागिता बढाउन महिलामैत्री सञ्चार नीतिको खाँचो रहेको यहाँका महिला पत्रकारले बताएका छन् ।
स्वतन्त्र पत्रकार सङ्घ कास्कीले आफ्नो १०औँ वार्षिक साधारणसभाको अवसरमा आयोजना गरेको सञ्चारमा महिला सहभागिता विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला पत्रकारले नेपाली समाजमा अझै पनि पुरातन सोच हावी भएको र सञ्चारगृह पनि महिलामैत्री हुन नसक्दा काम गर्न असहज भएको बताएका हुन् ।
नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य सरिता तिमिल्सिनाले सामाजिक रुपान्तरणका लागि सञ्चार क्षेत्रमा महिलाको गुणात्मक र सङ्ख्यात्मक वृद्धिअपरिहार्य रहेको जनाउँदै सञ्चार गृह महिलामैत्री हुन नसक्दा व्यवसायिक रुपमा पत्रकार महिला पलायन हुनेस्थित आएको बताउनुभयो । उहाँले नीतिगत तहबाटै यस क्षेत्रमा महिला सहभागिता बढाउन र महिलाका मुद्दालाई मूल धारमा ल्याएर समस्या समाधानका लागि पहल गर्न पनि आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घका केन्द्रिय पार्षद एवं रेडियो नेपाल प्रादेशिक कार्यलयका कार्यक्रम अधिकृत शान्ति राणाले सञ्चारमा महिलाको अवस्था हिजो र आजका बारेमा चर्चा गर्दै यस क्षेत्रमा सक्रिय महिलाको योगदानलाई प्रेरित गर्दै नयाँलाई आकर्षण गर्न पारिश्रमिक, नियुक्तिपत्र र विभिन्न तालिम उपलब्ध गराउनुपर्ने साथै महिलामैत्री व्यवहारको खाँचो औल्याउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष जमुना वर्षा शर्माले नीति निर्माण तहमा महिला नेतृत्वको अभावले सञ्चारमा महिलाको उपस्थिति गुणात्मक एवं सङ्ख्यात्मक रुपमा सोचे जसरी बढ्न नसकेको बताउनुभयो ।
उहाँले विभिन्न तालिमबाट पत्रकार महिलाको क्षमता र दक्षता अभिवृद्धि तालिम हुनुपर्ने साथै उनीहरुको क्षमताको मूल्याङ्क नहुनुपर्ने जोड दिनुभयो । कार्यक्रममा वडा नं १७ का वडाअध्यक्ष राधिका शाहीले सञ्चार क्षेत्रबाट समाजले धेरै अपेक्षा गरेको जनाउँदै समतामूलक र न्यायिक समाजका लागि पत्रकारको भूमिका सशक्त हुनुपर्ने बताउनुभयो ।
उहाँले सञ्चारमा महिलाको उपस्थितिले लैङ्गिक समानता कायम गर्न मद्दत पुग्ने भन्दै महिलाका मुद्दामा सञ्चार क्षेत्र संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं अग्रज पत्रकार नारायण कार्कीले पछिल्लो समय महिला पत्रकार निकै सशक्त र गुणात्मक तरिकाले सञ्चार क्षेत्रमा आएको जनाउँदै उनीहरुलाई यस क्षेत्रमा टिकाउन महिलामैत्री सञ्चार नीति जरुरी रहेको बताउनुभयो ।
स्वतन्त्र पत्रकार सङ्घका केन्द्रिय अध्यक्ष कृष्ण बाँस्तोलाले महिलाको स्वतन्त्रतालाई अझै पनि समाजले सकारात्मक रुपमा लिन नसक्दा यस क्षेत्रमा पनि महिलाको उपस्थित बढ्न समस्या रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा सञ्चारिका समूह नेपाल गण्डकी प्रदेश अध्यक्ष कविता श्रेष्ठ, प्रेस युनियन कास्कीका अध्यक्ष रविना आले, स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष असफल गौतम, सचिव गङ्गासागर उपाध्याय, सदस्य राधा ढकाललगायतले सञ्चार क्षेत्रमा महिलाको सहभागिता अवसर र चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।
सो अवसरमा पत्रकार सरिता तिमिल्सिना र शान्ति राणा एवं वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीलाई सम्मानपत्र र दोसल्लाले सम्मानसमेत गरिएको थियो । सभाको १०औँ वार्षिकसभाको बन्द सत्रले कोषाध्यक्ष र सचिवको प्रतिवेदन पारित गरेको थियो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

